inaruwa sambidhan birodh julus2
इनरुवा ३ असोज / सरकारले संविधान दिवस मनाइरहँदा संविधान संसोधनको माग गर्दै आएको संघीय गठबन्धनले तराई मधेशका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ ।प्रादेशिक संरचनाको विरोध र पहिचानको कुरा गर्दै आन्दोलनरत गठबन्धनले नयाँ संविधान मधेश तथा आदिवासी जनजातीको हीत विपरित रहेको भन्दै प्रर्दशन गरेको हो ।

inaruwa sambidhan birodh julus1
संघीय गठबन्धन सुनसरीले सदरमुकाम इनरुवामा कालो झण्डा सहित विरोध प्रर्दशन गरेको छ ।गठबन्धन आवद्ध नेता तथा कार्यकर्ताहरुले संसोधन विनाको संविधान आफुहरुका लागि मान्य नहुने भन्दै नाराबाजी गरेका थिए । नगरपरिक्रमा पश्चात लोकतान्त्रिक चौकमा कोणसभाको आयोजना गरिएको थियो । कोणसभाका वक्ताहरुले मधेशी र जनजातीहरुलाई उपेक्षा गरी आएको संविधान कुनैहालतमा स्विकार्य नहुने बताए । पूर्ण रुपमा मुद्धा सम्बोधन हुने गरी संविधान संसोधन नभए आन्दोलनमा होमिन तयार रहेको गठबन्धन आवद्ध नेताहरुको भनाई थियो ।

inaruwa sambidhan birodh julus

तपाईको प्रतिक्रिया