४ असोज, काठमाण्डाै । काठमाण्डाैकाे तिनवटा निजी विद्यालयमा मंगलबार बिहान भयङकर बम बिषंफाेट भएकाे छ । काठमाण्डाैकाे जाेरपार्टी स्थित आकाशदिप माध्यमिक विद्यालय, मनकामना बोर्डिङ स्कुल र राई स्कुलमा बम विस्फोट भएको महानगरीय प्रहरी कार्यालयले जनाएकाे छ ।

विस्फोटबाट आकासदीप माविको गेट भत्किएको प्रध्यानाध्यापक मदन सुवेदीले जानकारी दिएका छन् । बम विस्फोटपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । घटना मंगलबार बिहान ३ देखी ४ बजेकाे अन्तरमा भएकाे प्रहरीले जनाएकाे छ । बम बिष्फाेट पछि मानविय क्षती भने नभएकाे प्रहरी भनार्इ छ । अन्य क्षति बिवरण भने अाउन बाकी रहेकाे छ ।

अहिले साे स्थानमा बाक्लाे संख्यामा शुरक्षाकर्मीहरू परिचालन गरिएकाे छ । बम कस्ले र किन बिष्फाेट गराएकाे हाे त्यस्काे बिषयमा केही जानकारी नभएकाे तर अभियुक्तकाे खाेजी कार्य भइरहेकाे महानगरीय प्रहरीले जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया