birami
इनरुवा असोज ४ / जिल्ला अस्पताल इनरुवामा विगत दुई महिनादेखि सातजना चिकित्सक नियमित बस्न थालेपछि विरामीको चाप ह्वात्तै बढेको छ ।
नियमित चिकित्सक अस्पतालमा नबस्ने समस्या झेल्दै आएका इनरुवावासी डाक्टरको सेवा नियमित पाउन थालेपछि उपचारका लागि अन्यत्र जाने विरामीहरु इनरुवामै उपचार गराउन थालेका छन् ।

birami 14
पछिल्ला केहिसातायता दैनिक तीन सय भन्दा बढी विरामीहरु उपचारकालागि इनरुवा अस्पतालको वहिरंग र आकस्मिक सेवा लिन पुग्ने गरेका छन् ।अस्पतालमा दिनहुँ बढ्दो भिडका कारण १५ वेड क्षमताको इनरुवा अस्पताललाई स्तरउन्नती गरी ५० वेडको बनाउन माग समेत उठ्न थालेको छ ।

birami 13
विरामीहरु पालो कुर्नु पर्ने बाध्यताले हैरानीमा पर्ने गरेको बताउँछन् मधेशा ७ का भगत कोइराला । कोइरालाले अस्पतालले विरामीको चाप धान्नै छाडेको बताए । उपचारकालागि अस्पता पुगेका अर्का इनरुवा ४ का श्यामनारायण चौधरी विरामीको बाक्लो लाइनका कारण घण्टौं कुर्दा समेत पालो नआएको बताउँछन् । चौधरीले अस्पतालमा रहेका चिकित्सकलाई भ्याइनभ्याई भएको र सिनियर अहेव तारणीप्रसाद यादवको कक्ष खाली रहेकाले कुरदा कुरदा हैरानीमा परेको गुनासो पोखे ।

birami 15
इनरुवा अस्पतालमा हाल दरवन्दी अनुसारको चिकित्सक भएपनि विशेषज्ञ सेवा नहुँदा विरामीको चाप धान्न अहिलेको जनशक्तिलाई धौधौ परेको सिनियर अहेव अधिकृत गुणानन्द झा बताउँछन् । जसोतसो सेवा दिइरहेको झाले बताए ।इनरुवा अस्पतामा सुनसरीका ग्रामिण क्षेत्रबाट गरिव, विपन्न समूदायका विरामीहरु बढी मात्रामा उपचारकालागि पुग्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया