५ असोज, दिलिप  साह सप्तरी (प्रतिनिथि तस्बिर) । प्रहरीले अबैद्य रुपमा भारतबाट ल्याउँदै गरेको दुई बोरा रजनीगन्धा र तुलसी मंगलबार बरामद गरेको छ । रामपुर मलहनिया–६ मा प्रहरी चौकी रामपुर मलहनियाबाट खटिएको गस्ती टोली गस्ती गर्दै जाने क्रममा उक्त टोलीलाई देखी बोरामा बोकी भारतबाट ल्याउँदै गरेको सामान फालेर भागेका छन् ।

उक्त फालेको समानमा प्रहरीलाई शंका लाग्दा उक्त बोरालाई चेक जाँच गर्दा करिब ७८ हजार मुल्य बराबरको रजनीगन्धा र तुलसी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।बरामद गरेको उक्त अबैद्य समान भन्सार कार्यालय तिलाठीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया