Bithut

५ असोज, दिलिप साह सप्तरी। नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण शाखा र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको संयुक्त टोलीले जिल्लाको विभिन्न स्थानबाट विद्युत् चोरी गरी उपभोग गर्ने एक दर्जनलाई मंगलबार पक्राउ गरेको छ ।

संयुक्त टोलीले अनियन्त्रित हुकिङ प्रयोग गरी विद्युत् चोरी गरी उपभोग गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुका नियन्त्रण लिएको हो । जिल्ला सप्तरी शम्भुनाथ–२ बस्ने मो. अनसारुल, मो.अफरोज, मलेकपुर ६ बस्ने संजय कुमार यादव, तिलेश्वर यादव, मलेकपुर गंगाराम यादव, रायपुर ३ बस्ने रामु साह, देबी मण्डल, खोक्सर ३ बस्ने अनिल साह, कटैया १ बस्ने लिलाकान्त माझी, हर्दिया ७ बस्ने छोटेलाल चौधरी गरी करिब एक दर्जन सहित पानी तान्ने मोटर १० थान, फेन १ थान, तार अन्दाजी २ हजार मिटर पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई विद्युत ऐन अन्तर्गत कारबाही हुने जिल्ला प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि करिब २८ जनालाई पक्राउ गरी प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले जरिवाना लिई छाडिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया