sabhgi mahila karchari

५ असोज, दिलिप साह सप्तरी। बैदेशिक रोजगारी वारेमा काम गर्दे आएका सवल नेपालले सुरक्षित बैदेशिक रोजगारी वारेमा महिला तथा वालवालिका कार्यलयका कर्मचारीहरु संग एक दिने अभिमुखकिरण कार्यक्रम सम्पन्न गरेको छ ।

सामी÷हेल्भेटास नेपालको सहयोगमा तथा सवल नेपालको आयोजनामा मंगलवार राजबिराजमा बैदेशिक रोजगार वारेमा उनीहरु मार्फत सम्भावित आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई सचेत गराउनका लागी अभिमुखीकरण तालिमको आयोजना गरिएको हो ।बैदेशिक रोजगार असुरक्षित बन्दै गएकोले आप्रवासी कामदार तथा तिनका परिवारहरुलाई सुचनामा पहुच पुर्याउने उदेश्यले तालिम आयोजना गरिएको संयोजक असोक कुमार साहले बताउनुभयो ।

बैदेशिक रोजगारमा जानु अघि,जादा खेरी र गईसकेपछि अपनाउनु पर्ने सावधानी वारेमा समुदायमा जनचेतना फैलाउने उदेश्यले बैदेशिक रोजगारलाई सुरक्षित, लाभदायक बनाउनका लागी उनीहरुलाई प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सामी परियोजनाका कार्यक्रम अधिकृत बिजय ठाकुर, सामी-हेल्भेटास नेपालका जिल्ला परियोजना संयोजक देव नारायण चौधरी, महिला तथा वालवालीका कार्यालय राजबिराजका महिला बिकास निरीक्षक भावना घिमिरे, सवल नेपालका कार्यक्रम संयोजक असोक कुमार साह, सुचना तथा परार्मश केन्द्रका संयोजक रामप्रमेश मण्डलले बैदेशिक रोजगारीको वर्तमान अवस्था,तथा अपनाउनुपर्ने सावधानी वारमो सहजीकरण गरेका थिए ।

सो कार्यक्रममा महिला तथा वालवालिका कार्यलयका महिला बिकास निरिक्षकहरु बिभिन्न गाविसका कसमाजिक परिचालकहरु लगायत २५ जनाको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया