surveen chawala

मुम्बई । आफूले लगाएका छोटा पहिरनले ढाक्न नसकेर भित्री वस्त्र देखिँदा तथा यस्ता पहिरन च्यातिँदा अभिनेत्रीहरु बेलाबेलामा लज्जित हुने गरेका छन् ।यसै क्रममा बलिउडकी अभिनेत्री सुरबिन चावलाले प्रदशनीको तयारीमा रहेको आफ्नो फिल्म पाच्र्डको प्रचारका लागि मुम्बईमा सोमबार आयोजित पत्रकार भेटघाटमा यस्तै समस्या झेल्नुपर्यो ।

लीना यादव निर्देशित यो फिल्मका तीन अभिनेतृहरु राधिका अप्टे, सुनबिन चावला र तनिष्ठा चटर्जी पत्रकार भेटघाटमा उपस्थित थिए । मेचमा बस्ने क्रममा सुरबिनले लगाएको पहिरन ‘वान पिस’ तलबाट कम्मरसम्म च्यातियो ।

सुरुमा उनले आफ्नो कपडा च्यातिएको थाहा पाइनन् । सो दृश्य देखेर लज्जित भएका पत्रकारले उनलाई उठर आफ्नो इज्जत जोगाउन आग्रह गरेपछि सुरबिन मेचबाट उठिन् ।

त्यतिबेला एक पत्रकारले उनको सो दृश्य नखिच्न आफ्ना साथिहरुलाई आग्रह गरेपछि अरुले खिच्ने काम रोकेका थिए । च्यतिएको भागलाई तत्कालै हातले छोप्दै सुरबिनले त्यहाँबाट भागिन् ।यसरी लज्जास्पद हुने गरी वानपिस च्यातिएपछि सुरबिनले फिल्ममा आफ्नो भूमिकाबारे जानकारी दिन पनि भ्याइनन् ।राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया