14285731_1194910533914250_849998685_o

इनरुवा असोज ५/ दिगो शान्ति राष्ट्र विकासको आधार भन्ने मुल नाराका साथ सुनसरीको इनरुवा ३५औं अन्र्तराष्ट्रिय शान्ति दिवस मनाइएको छ ।
दिगो शान्ति,एकता र विकास विषयक अन्र्तकृयाको आयोजना गरी अन्र्तराष्ट्रिय शान्ति दिवस मनाइएको हो ।

14408252_1194909547247682_1706245356_o
मानव अधिकार संजाल सुनसरी र स्थानीय शान्ति समिति सुनसरी लगायत विभिन्न अधिकारवादी संस्थाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले दिगो शान्ति, सामजिक सहिष्णुता र न्यायमा आधारित विकासका लागि सवै सरोकारवालाहरु, नागरिक समाज र विकास साझेदारहरुले समन्वय र सहकार्यमा जोड दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले स्थानीय स्तरका शान्ति समितिहरुको प्रभावकारी परिचालन मार्फत समूदायका मनमुटावहरु घटाउनुपर्ने धारणा राख्नु भएको थियो ।
कार्यक्रमका सहभागि अन्य वक्ताहरुले निन्तर संवाद गरी सहकार्यको सस्कृति निर्माण गरिनुपर्नेमा जोड दिए ।
उक्त कार्यक्रमको अध्यक्षतामा शान्ति समितिका अध्यक्ष सूर्यनारायाण यादवले गरेका थिए भने कार्यक्रम संचालन मानव अधिकार संजाल सुनसरीका संयोजक रमेश भट्टराईले गरेका थिए ।

तपाईको प्रतिक्रिया