14045687_458257554374807_3789934584105713649_n
अमर काफ्ले इनरुवा/ सांगितिक माहौल तताउन कुटुम्ब बैंड इनरुवा आउने भएको छ ।
दशैंको फूलापातीका दिन कुटुम्बले इनरुवा ५ महेन्द्रचौकमा सांगितिक प्रस्तुति दिने तय भएको छ ।
इनरुवा इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा सरिक हुन इनरुवा आउने कुटुम्बले सांगितिक प्रस्तुती पस्कने छ । कुटुम्ब बैंड नेपालमा वाद्यवाधन सहितको सुमधुर धुनका लागि ख्यातीप्राप्त छ ।

index w
अधिकांश प्रस्तुती विदेशमा केन्द्रित गर्ने गरेको कुटुम्ब बैंडका अधिकांश धुनहरु धेरैको रुचाईमा पर्ने गरेका छन् । कुटुम्बले नेपाली लोकभाकालाई आधुनिक प्रविधीसँग फ्युजन गराएर प्रस्तुती दिने गरेको छ । कुटुम्ब बैंडलाई औपचारिक कार्यक्रममा सांगितिक प्रस्तुतीकालागि निकै ठुलो कसरत पश्चात इनरुवामा उभ्याउन लागिएको आयोजकको भनाई छ । कुटुम्बले इनरुवा आएर दिन लागेको प्रस्तुती पुर्वकै लागि दोस्रो पटक हो । कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने छ ।
हरेक वर्ष इनरुवामा दशैंको अवसरमा सांगितिक कार्यक्रमको आयोजना गर्दै आएको इनरुवा इभेन्ट म्यानेजमेन्टले यस पटक इनरुवामा कुटुम्बको उपस्थितीले संगित पारखीहरुमा दरिलो छाप छोड्ने विश्वास लिएको छ ।

13413526_976371029144463_1905592192980166034_n

कार्यक्रम संयोजक राकेश निरौलाले सांगितिक प्रस्तुतीका लागि तयारी तिव्र पारिएको बताए । उक्त दिन कार्यक्रम स्थलमा निशुल्क वाइफाईको व्यवस्था समेत उपलब्ध गराइने भएको छ । विभिन्न स्टल तथा आधुनिक साउण्ड सिस्टमको प्रवन्ध गरिने आयोजकले जनाएको छ ।
कार्यक्रम संयोजक निरौलाले इनरुवालाई सांगितिक माहौलमा रुपान्तरणको पहल स्वरुप मेघा रिदम इभ कार्यक्रमको आयोजना गर्दै आएको बताए । पाँचौं मेघा रिदम इभ नाम दिइएको सांगितिक कार्यक्रममा उल्लेख्य सहभागिता जुट्ने आयोजकको विश्वास छ । इनरुवा इभेन्ट म्यानेजमेन्टले यसअघिका वर्षहरुमा दिपक वर्जाचार्य, सञ्जय श्रेष्ठ एण्ड एमटी ८८४८, अतिरिक्त वैंड, रविन एण्ड द न्यू रिभुलेसन, मनोज गजुरेल र नविन के भटट्राई जस्ता राष्ट्रिय स्तरका कलाकार तथा वैंडहरुको प्रस्तुती दिलाइसकेको छ ।

तपाईको प्रतिक्रिया