Koshi-ka-Bahadur-byee-Amar2
इनरुवा ७ असोज /गत शनिवार सप्तकोशी नदीमा भएको डुंगा दुर्घटनाका क्रममा २९ जना यात्रुको उद्यार गर्न सफल स्थानीय ५ युवालाई सुनसरी प्रशासनले सम्मान गरेको छ ।नदीमा दाउरा लिएर फर्कने क्रममा यात्रु सवार डुंगा डुबेको देखेपछि स्थानीय ५ जना युवाले बहादुरीका साथ २९ जनाको ज्यान जोगाएका थिए ।

सम्मानित हुनेहरुमा महेन्द्रनगर ९ का अमृत खड्का, सोही स्थानका रामचन्द्र मोची, रोजन राई, नेपाल कविरथ र प्रकाशपुर ३ का बाबुराम चन्द्रवंशी रहेका छन् ।

Koshi-ka-Bahadur-byee-Amar22
विपदमा परेकाहरुलाई बहादुरी पूर्ण कार्य गरी जीवितै उद्यार गर्न सफल भएका युवाहरुको कार्य प्रशंशनिय र सराहनिय रहेको भन्दै प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जनही नगद ३ हजार सहित प्रशंशा पत्र दिएर सम्मान गर्नु भएको हो ।

सम्मान ग्रहण पश्चात बोल्दै युवाहरुले प्रशासनले गरेको सम्मानप्रति आभार व्यक्त गरे । सम्मान पाउनका लागि नभएर मानवताका नाताले नदीमा डुबेकाहरुको उद्यार कार्य गरेको उनिहरुले बताए ।

तपाईको प्रतिक्रिया