jitiya18
इनरुवा असोज ७/    तराई मधेश क्षेत्रका मैथलानीहरुले जितिया पर्व मनाएका छन् । सुनसरीमा रहेका मधेशी तथा थारु महिलाहरुले आज सामूहिक जितिया मनाएका हुन् ।सुनसरीको बलाहामा बसोवास गर्दै आएका थारु तथा मधेशी मैथलानीहरुले आपसी सद्भाव झल्काउने सन्देश सहित सामूहिक जितिया मनाएका हुन् ।

थारु समूदायको बाहुल्यता रहेको बलाहा स्थित रहेको राम मन्दिरमा भेला भएका वर्तालुहरुले जातिय भेषभुषा सहित जितिया र्याली निकालेका थिए । उनिहरुले स्थानीय लाटी देवि थान परिषरमा सामूहिक रुपमा जितबाहन भगवानको पुजाआजा गरेका थिए ।आफ्ना सन्तान र परिवारको सुख शान्ति र समृद्धिको कामना गर्दै जितिया मनाउने गरिन्छ ।जितिया पर्वकै अवसरमा थारु युवा समूह इनरुवा ९ बलाहाको आयोजनामा सांस्कृतिक तथा नाट्य प्रस्तुतीको समेत आयोजना गरिएको लाटी देवी थान समितिका अध्यक्ष बन्हु चौधरीले बताए ।

तपाईको प्रतिक्रिया