Jestha nagrik
इनरुवा असोज ८ / जेष्ठ नागरिकहरुको अवस्था, समस्या र सरकारी सेवा सुविधा लगायतका बारेमा इनरुवामा अन्र्तकृयाको आयोजना गरिएको छ ।इनरुवा नगरभरिका जेष्ठ नागरिकहरुको उपस्थिती रहेको कार्यक्रम जेष्ठ नागरिक परिचय पत्रको अनिवार्यता सरकारी सेवा र सुविधामा छुटको व्यवस्था विषयमा केन्द्रित थियो ।

अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको सन्दर्भ पारी नवयुव बहुउद्देश्यीय सामूदायिक अध्ययन केन्द्र बलाहाले आयोजना गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय सुनसरी प्रमुख रश्मि श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।कार्यक्रममा जेष्ठ नागरिकका समस्याको पहिचान गरी स्थानीयस्तरमै समाधानका लागि चालिनुपर्ने पहल कदमीबारे समेत चर्चा गरिएको थियो ।

जेष्ठ नागरिकहरुको सम्मान र उनिहरुको समस्या पहिचान गरी समाधानको पाटोमा सरोकारवालाहरुको भूमिका जुटाउन कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष खेमराज पोखरेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया