kamal thapa

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारत सीमामा जारी अवरोधले भूपरिवेष्ठित मुलुकको नाताले नेपालले पाउनुपर्ने अन्तर्राष्ट्रिय अधिकारको उपभोगमा बाधा गरिरहिएको बताएका छन्।

जेनिभामा नेपालको मानवअधिकारको अवस्थाको समिक्षा बैठकमा बोल्दै उनले सीमा क्षेत्रमा भएको अवरोधले अत्यावश्यकीय सामग्रीको अभाव भएर नेपालमा ठूलो मानवीय संकट उत्पन्न भएको धारणा राखेका छन्।

नाकाबन्दीका बारेमा भारतको नाम उल्लेख नगरी थापाले सीमा क्षेत्रमा देखिएका समस्यामा हुने वाह्य संलग्नताले समाधान नदिने बताएका थिए। उनले भने,’जुनसुकै कारण देखाउँदै होस् सीमा विन्दुमा भइरहेका अवरोधहरुले भूपरिवेष्ठित मुलुकको रुपमा अन्तर्राष्ट्रिय कानुनले नेपाललाई दिएको अधिकार उपयोग गर्नबाट गम्भीर रुपले असर पारेको छ।’

‘हामी वार्ताबाट समस्याको समाधानमा लागिरहँदा सिमा निरन्तररूपमा गरिएको अवरोधले भुपरिवेष्ठित राष्ट्रकारुपमा नेपालले उपभोग गर्न पाउने अन्तराष्ट्रिय रुपमा प्राप्त अधिकार र स्वतनत्रताको गम्भिर ढंगले हनन भएको छ। दशक लामो दन्वद हुँदै लामो राजनीतिक परिवर्तन गरेर भूकम्पको विनाशबाट अन्तराष्ट्रिय समुदायको सहयोगमा पून:निर्माण गर्दै स्थितिलाई सामान्यकरण क्रममा रहेको  देश र यसका जनता वर्तमान समय निक्कै नै पिडादायी रहेको छ।’ उनले अगाडी भने।

त्यस्तै थापाले नेपालभित्रको आन्तरिक विवादका विषय समाधन गर्न नेपाल आफै सक्षम रहेकोमा विश्वस्त रहेको सम्बोधनका क्रममा बताएका थिए।

‘हामी कुनै पनि समस्या हामी आफै शान्तिपूर्ण माध्यमबाट हल गर्न सक्नेमा विश्वस्त छौं। यो  आन्तरिक प्रक्रियामा कुनै पनि माध्यमबाट हुने बाह्य हस्तक्षेपले समस्यालाई अझ बल्झाउने मात्र छ।’

उनले सरकारले मधेशमा आधारित राजनीतिक पार्टीहरुसँग वार्ता गरिरहेको भन्दै उक्त वार्ताले संवैधानिक दायराभित्र रहेर समस्या हल गर्ने बताए। थापाले सरकार यसमा गम्भिर र संवेदनशिल ढंगले लागिरहेको अवस्थामा सिमा क्षेत्र भइरहेको आन्दोलनको स्वरूपले राष्ट्रिय स्वार्थ र समग्र जनताको भलाइमा हानी पुर्याइरहेको उल्लेख गरे।

त्यस्तै नेपालको संविधान संसारका अरू प्रजातान्त्रिक देशको संविधान जस्तै गतिशिल रहेकाले जनताको माग र चाहना अनुसार संशोधन गर्न सकिने भएको र आवश्यक्ता अनुसार त्यस्तै गरिने जानकारी सम्बोधनका क्रममा दिएका थिए।सम्बोधनको अन्त्यमा थापाले देशको वर्तमान अवस्थाले देशमा मानव अधिकारको क्षेत्रमा अगाडी बढ्न अवरोध गरिरहेको बताएका थिए।सेतोपाटिबाट

तपाईको प्रतिक्रिया