jhjh

०८ असोज, दिलिप साह सप्तरी। सप्तरी युवा मूल समारोह समितिद्वारा प्रारम्भ गरिएको ५० हप्ते सरसफाई अभियानको चौथो हप्ता राजविराजको मुख्य बजारमा सरसफाई गरिएको छ ।

स्थानय गजेन्द्र चोकदेखि हनुमाननगर मोडसम्म सरसफाई गरिएको छ । युवाहरुले व्यक्तिको घर अगाडि तथा पसल र होटल अगाडि थुप्रिएको सम्पूर्ण फोहोर सफा गरेका छन् ।सरसफाई गर्ने क्रममा होटल व्यवसायीहरुले आफ्नै होटल फोहोर थुपार्ने गरेको पाइयो । यस्तै अन्य पसलेहरुले पनि पसलकै अगाडि जथाभावी तरिकाले फोहोर गरेको देखिएको छ ।

सरसफाई गर्दै जाँदा गजेन्द्र चोकदेखि दक्षिणतर्फ रहेका होटल व्यवसायीहरुले युवाहरुसँग झडप गर्ने प्रयास समेत गरेका थिए । दैनिक रुपमा मुख्य सडकमै फोहोर फ्याँक्ने यी होटल व्यवसायीहरुलाई सरसफाई गर्न आग्रह गर्दा उनीहरु इुवाप्रति जाइ लागेका थिए ।

पछि युवाहरुले आगामी दिनमा सफा गरिएको ठाउँमा फोहोर पाइएपछि फोहोर होटलभित्रै राखिदिने चेतावनी दिएपछि होटलबालाहरु पछि हटेका थिए ।चौथो हप्तामा गरिएको सरसफाईमा निजामति कर्मचारीहरुले पनि सघाएका थिए ।

तपाईको प्रतिक्रिया