Yyy

०८ असोज, दिलिप साह सप्तरी। सप्तरी युवा सम्मेलनमा गरिएका १८ बुँदे घोषणा पत्र सप्तरीका सबै गाविस सचिव र नगरपालिकाका प्रमुखहरुलाई दिइने भएको छ । सबै गाविस तथा नगरपालिकाहरुमा पुगेर युवाहरुद्वारा घोषणा पत्र दिइने भएको हो ।

युवा सम्मेलनका क्रममा घोषणा गरिएका बुँदाहरु कर्यान्वयनका लागि गाविस तथा नगरपालिका तहमा घोषणा पत्र बुझाउँदै छलफल अगाडि बढाउने युवाहरुले निर्णय गरेका छन् ।सप्तरी युवा मूल समारोह समिति क्षेत्र नम्बर २ को संयोजनमा शनिबार हनुमाननगर योगिनिमाई नगरपालिकाको हनुमाननगर माविमा बसेको सबै क्षेत्रिय संयोजकहरुको बेठकले यस्तो निर्णय गरेको छ ।

गरिएको घोषणा पत्रमा स्थानीय निकायले युवाका लागि पनि बजेट छुट्टयाउनुपर्नेमा जोड् दिएको छ । यो मागलाई प्राथमिकताका साथै सबै गाविसमा उठाइने क्षेत्रिय संयोजकहको बैठकले निर्णय गरेको छ । २ नम्बर क्षेत्रका संयोजक मनोज मेहताको अध्यक्षता तथा जिल्ला संयोजक श्रवणकुमार देवको प्रमुख आतिथ्यमा बसेको बैठकले सरसफाईलाई गाउँ–गाउँसम्म पु¥याउने निर्णय पनि गरेको छ ।

तपाईको प्रतिक्रिया