०८ असोज, दिलिप साह सप्तरी। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको छुट्टा छुट्टै स्थानमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक बालकसहित तीन जना घाइते भएका छन् ।

सप्तरी रायपुर ८ मा शनिबार को २२ प ९६३६ नम्बरको मोटरसाइकलले ठक्कर दिएर सोही ठाउँ बस्ने ११ वर्षिय धिरज यादव घाइते भएका छन् । यादबलाई बाटो काट्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट यादवको टाउको र शरिरमा चोट लागेको छ , उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने ठक्कर दिने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय रुपनीमा राखिएको छ ।

त्यसैगरी शनिबारैै शम्भुनाथ–६ मा पश्चिमबाट आउदै गरेको बा. २४ प. ८८२१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा सवार शम्भुनाथ–८ बस्ने २८ वर्षिय सुन्दर सदा र शम्भुनाथ–२ बस्ने १५ वर्षिय शंकर सदा घाइते भएका छन् ।दुवै घाइतेलाइ उपचारको लागि न्युरो अस्पताल विराटनगर ल्याइएको छ भने मोटरसाइकल इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया