९ असोज, इटहरी । अाफ्ना ग्राहक तथा शुभचिन्तकहरूमाझ कम्पनी रि-ब्राण्डिङ्ग पश्चात नजिकिदै अाएकाे चाडपर्वकाे खुशियाली साट्न अायाेजना गरिएकाे एनसेल मेला नारायणघाट, पोखरा, बुटवल, धरान हुदै शनिवार झापाकाे बिर्तामोडमा सम्पन्न भएकाे छ ।
चर्चित कलाकार सुगम पोख्रेल, शिव परियार, मिलन अमात्य, लाउरे, डिजे रुपेश र सांगीतिक समुह एक्स व्याण्डको प्रस्तुतीहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिदै नाच्न र झुम्न प्ररित गरेका थिए भने हाँस्य कलाकार सन्दिप क्षेत्रीको प्रस्तुतीले दर्शकहरुलाई आफ्नो हाँस्यव्यङ्ग्यबाट भरपुर मनोरञ्जन प्रदान गरेका थिए । त्यसैगरी कार्टुन्ज क्रु र युभि एन्जल्स्को प्रस्तुतीे दर्शकहरुले अाैधि रूचाएका थिए ।
मौसम गरम भएता पनि विभिन्न स्टलहरुमा दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाे थियाे भने चर्चित कलाकार तथा सांगीतिक समुहको प्रस्तुतीहरुसंगै , गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका विषेश आर्कषणहरु रहेका थिए ।