९ असोज, मोरंग। विराटनगर १५ स्थित केशेलिया रोडमा एक नवजात शिशुको शव आज विहान फेला परेको छ । आज विहान करिव १० वजेको समयमा नालीबाट सो शव वगेर आएको अवस्थामा शव फेला परेको स्थानिय वासिन्दाले बताएका छन ।

अवैध गर्भ पतन गराई फालिएको हुन सक्ने अनुमान स्थानियले गरेका छन । घटनाको जानकारी सम्बन्धमा प्रहरी बाट अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । शिशुको शवलाई प्रहरीले लगेको छ ।

 

तपाईको प्रतिक्रिया