salman juta

मुम्बई । सलमान खान आफनो आउने ‘ट्युबलाइट’को सुटिङमा ब्यस्त छन् । सलमानकी कान्छी बहिनी अर्पिताले  सलमानले  जुत्ता लगाएर भान्जा भेटेकाे  तस्विर इन्स्ट्राग्राममा सार्वजनिक गरेकी छिन्।जसमा सलमान घाँटीमा जुत्ता झुण्डयाएर आफ्ना भान्जासँग  देदिएका छन ।

आयुष पिता आयुष शर्माको काखमा छन, सलमान उनलाई जिस्काइरहेका देखिन्छन् । अर्पिताले आयुष, सलमान र आहिललाई आफ्नो लाइफ बताएकी छिन् ।

अर्पिताले फोटोसँगै लेखेकी छिन, ‘एक फ्रेममा मेरो जीवन । मेरा भाइ, मेरा श्रीमान र मेरो छोरा । मेरा तागत, मेरा कमजोरी र मेरा खुशी । मेरो दुनियाँ सबैभन्दा राम्रो छ । धन्यवाद ।’कबिर खानको निर्देशनमा बनिरहेको यो फिल्ममा सलमान आफूभन्दा १८ वर्ष कान्छी चिनियाँ अभिनेत्री जु—जुसँग रोमान्स गरिरहेको देखिनेछन् ।बताइएअनुसार फिल्मको कथा १९६२ को एक युद्धमाथि आधारित छ । जसमा सलमान र जु—जु लभमा परेको देखाइएको छ ।

 

तपाईको प्रतिक्रिया