inaruwa juwa

१० असोज, इनरुवा । इनरुवामा लाग्दै आएको रमाइलो मेला जुवाको खुल्ला खेलका रुपमा देखिएको छ । मिनि महोत्सव नाम दिइएको उक्त मेलामा साँझ परेपछि जुवाजन्य खेलहरु हुने गरेका छन् ।

दिनभरजसो सुनसान झै रहने मेलामा साँझ परेपछि भने निकै घुँइचो लाग्ने गर्छ । मेलामा ७ बजेपछि जुवाका पारखीहरुको बाक्लो भिड उलर्ने हुँदा दैनिकजसो ठुलो रकमको हारजित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी मेला स्थल नजिकै पर्छ । प्रहरीको उपस्थिती मेला स्थलमा समेत बाक्लै देखिन्छ । यद्यपी खुलेआम जुवा खेलाइने गरिएको छ ।

मेला केही व्यक्तिका लागि दैनिकजसो कमाई खाने भाँडो समेत बन्न पुगको छ । स्वयं मेला संचालनमा खटिएका व्यक्तिहरुनै आफुहरुले सवैलाई मिलाएको र केहिले दैनिकी बुझ्ने गरेको बताउँछन् । मेला संचालकहरु कमाई नहुँदा आफुहरु डुब्न लागेको बताउँदै आफुहरुले जुवा खेलाउन नपाए निकै ठुलो घाटाको सामना गर्नु पर्ने आशय व्यक्त गर्ने गर्छन् ।

बुढा सुब्बा बाजे बजै थान सामूदायिक भवन निर्माण सहयोगार्थ मेला लगाइएको बताइएपनि दिनहुँजसो हुँदै आएको जुवाका खेलका कारण समाजमा नराम्रो सन्देश प्रवाह भएको स्थानीयवासीहरुको भनाई छ । दिनहुँ जुवाका खेल खेलाइदा समेत प्रहरी प्रशासनले वेवास्ता गर्नुलाई स्थानीयहरु मिलेमतोका आशंका गर्न थालेका छन् ।

तपाईको प्रतिक्रिया