दिलिप कुमार साह
राजविराज, असोज ११ गते । सप्तरीको बोदेबर्साइन गाविस स्थित एक किराना पसलमा आगलागी हुँदा रु. १० लाख मूल्य बराबरको सम्पति जलेर नष्ट भएको छ ।
बोदेबसाईन–७ स्थित रामगुलाम साहको किराना पसलमा आइतबार राती आगालगी हुँदा करिब रु.१० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । राती करिब ११ बजेतिर अचानक बिधुत लाईन सर्ट भएर पसलमा आगलागी भएको बताएको छ । आगलागीबाट पसलमा भएका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन । आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा एक घण्टापछि नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया