14509433_1174013152646610_1571861056_n
इनरुवा असोज ११ /जेष्ठ नागरिहरुको हक र अधिकारका सवालमा सुनसरी प्रशासनले विशेष पहल थाल्ने भएको छ ।
जिल्लास्थित रहेका जेष्ठ नागरिकले पाउनु पर्ने छुट र सरकारी सेवाको प्रत्यायोजनका लागि स्थानीय प्रशासनले अनुगमन तथा निगरानीलाई संगसंगै अघि बढाउन लागेको हो ।
महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा सार्वजनिक सवारी साधनका साथै स्वास्थ्योपचारमा विशेष छुटको व्यवस्थालाई कार्यान्वयनमा ल्याउने विषयमा सहकार्य गरी अघि बढ्ने निर्णय गरेको हो ।
यातायातका साधनमा कम्तिमा दुईवटा सिट छुट्याइनु पर्ने, भाडामा ५० प्रतिशत छुट दिएको हुनुपर्ने, अन्य क्षेत्रमा जेष्ठ नागरिकहरुलाई उच्च प्राथमिकतामा राखिनुपर्ने विषयलाई जिल्लाका हरेक तहमा कार्यान्वयनमा ल्याउने तयारी थाल्ने निर्णय समेत बैठकले गरेको छ ।
कार्यक्रममा सुनसरीका प्रमुख जिल्लाअधिकारी मोहन चापागाई, महिला तथा बालबालिका कार्यालय प्रमुख रश्मि श्रेष्ठका साथै स्वास्थ्य क्षेत्रका प्रतीनिधी, यातायात व्यवसायी र जेष्ठ नागरिकका अगुवा लगायत सरोकारवालाहरुको उपस्थिती थियो । २६औं अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारी कार्यक्रममा इनरुवा ९ बलाहाकी एक सय एक वर्षिया शान्तादेवी पोखरेललाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया