Inaruwa karam

१२ असोज, इनरुवा /मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले प्रचण्ड नेतृत्वको सरकारले जतिसुकै लिडेढिपी लिएपनि एमालेको सहयोग वीना संविधान संसोधन असम्भव रहेको ठोकुवा गर्नुभएको छ ।

सुनसरीको इनरुवामा राष्ट्रिय करम महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै गच्छदारले संविधान संसोधन अनिवार्य रहेपनि एमालेको सहमति वीना असम्भव रहेको दावी गर्नु भएको हो ।सवै जातजातीको हक अधिकार सुरक्षित हुने र सर्वमान्य संविधान कार्यान्वयनका लागि अब ढिला गर्न नहुने वहाँको भनाई थियो  ।राजनैतिक अस्थिरता कायमै रहँदा बाह्य शक्तिको चलखेल बढ्न सक्ने भएकाले सवैदलहरुवीच तत्काल सहमतिको खाँचो औल्याउनुभयो ।

तपाईको प्रतिक्रिया