Mntri gurung 2

इनरुवा असोज १२/श्रम मन्त्री सूर्यमान गुरुङले अधिकार प्राप्तीको लडाईमा आफुपनि संगसंगै रहेको बताउनु भएको छ । मुलुकले नयाँ संविधान पाएपनि हक अधिकारको लडाई लड्दै आएकाहरु प्रति आफ्नो साथ र समर्थन रहेको मंत्री गुरुङले भनाई थियो ।
सुनसरीको इनरुवामा आयोजित उराव समुदायको राष्ट्रिय करम महोत्सवका विशिष्ट अतिथि गुरुङले संविधान संसोधन गरी सवैको स्विकार्य संविधानलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भयो ।

Inaruwa karam
मंत्री गुरुङले उराव समुदायको पर्व करम पुजाको शुभकामना समेत दिनुभएको थियो । मंत्री गुरुङले नेपाल सवैजातजातिको बसोबास रहेको थलो भएकाले आपसी सद्भाव कायम गरी सवैको समान पहुँचको अवधारणा विकास गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रम सांसद सूर्यदेव उरावको अध्यक्षतामा सम्पन्न भएको थियो ।

karam 2

कार्यक्रममा मधेशी नेता विजयकुमार गच्छदार, सांसद अमृत अर्याल, सीताराम मेहता, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विपी दास लगायतको उपस्थिती रहेको थियो । करम महोत्सवमा सहभागि हुन नेपालका साथै छिमेकी मुलुक भारतका विभिन्न भुभागमा बसोवास गर्दै आएका उराव समूदाय जातिय भेषभुषाका साथ इनरुवा आएका थिए ।

तपाईको प्रतिक्रिया