Oram sunsari 1

१२ असोज, इनरुवा। भारतका आदिवासी जनजाती कल्याण मंत्री जोएल ओरामले नेपालमा संविधानको स्थायित्व चाहेको बताउनु भएको छ ।
सुनसरीको इनरुवा आइपुग्नु भएका मंत्री ओरामले भारत सरकार नेपाललाई समृद्ध मुलुकका रुपमा हेर्न चाहेको बताउनुभयो । वहाँले दुई देशवीच कुनैपनि कटुता नरहेको प्रष्ट्याउँदै सदियौं देखिको सम्वन्ध थप सुमधुर बन्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

नेपाल भारतवीचको सम्वन्ध बाहिर आएजस्तो नरहेको वहाँको भनाई थियो । नेपाल र भारतवीच धार्मिक र सांस्कृति समानता रहेकाले आफुले समेत माथिल्लो निकायमा नेपालको विकासका बारेमा बहस गर्दै आएको बताउनुभयो । पछिल्ला दिनमा दुई देशवीचको सम्वन्धले थप उचाई हासिल गरेको ओरामको भनाई थियो ।

तपाईको प्रतिक्रिया