१३ असोज,  दिलिप  साह सप्तरी । सप्तरीको विभिन्न स्थानमा विद्युत चोरी गर्ने गर्ने ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजबिराज नगरपालिका–२ का जान मोहमद, बिनोदनन्द झा, दिघवा गाविस–७ का धिरज मण्डल, राजबिराज–१० का अशोककुमार राम, सुरज राम महेश प्रसाद खंग, धुरन मियाँ, बरहीबिरपुर गाविस–५ का महेश कुमार यादव, शिवनारायण यादव, मोहन प्रसाद यादव, दिघवा गाविस–९ का मुकेशकुमार यादव, रहेका छन ।

जिल्ला प्रहरी कार्याल सप्तरी र बिधुत प्राधिकरण कार्यालय राजबिराजबाट निस्केको अनुगमन टोलीले बुधबार अपरान्ह ३ बजे विद्युत पोलबाट हुकिङ गरी घरमा विधुत लगेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो् । पक्राउ परेका उपर विद्युत ऐन अन्तर्गत कारबाही गरिने बताएको छ ।

तपाईको प्रतिक्रिया