5

कात्तिक १९, काठमाण्डौ । नेपाल आयल निगमले आजदेखि सनिबारसम्म तीन दिनसम्म निजि मोटरसाइकल तथा गाडीलाई तेल दिंदैछ । पाँच लिटर पेट्रोल पाउन चार दिनसम्म लाइन बस्नुपर्ने बाध्यता अहिले छ । चिसो मौसममा यसरी लामो लाइन बस्दा केके कुरामा ध्यान दिनुपर्छ ? चिकित्सक रवीन्द्र समिरले आफ्नो फेसबुकमार्फत् केही महत्वपूर्ण सुझाव दिएका छन् 

१. अति जरुरि तथा उपाय नभएका बाहेक लाइनमा नबसौं ! सबैले तेल पाउने स्थिति छैन ! पछिको लागि स्टक राख्ने सोंच त्यागौं ! म पनि यो लाइनमा बस्नेछैन !

२. रातिमा बाइक तथा कारका टायर, साइड ग्लास आदि चोर्ने घटना सुन्नमा आएको छ तसर्थ लाइन बस्ने व्यक्ति र सुरक्षाकर्मी सचेत बनौं ।

३. रातिमा लाइन बस्दा मदिरा सेवन गरेर झगडा गर्ने, सवारी साधन तोडफोड गर्ने खतरा हुनसक्छ तसर्थ यस्तो प्रवृति निरुत्साहित गरौँ ।

४. यो चिसो मौसममा रातदिन धुलो, धुँवा खाएर लाइन बस्दा बिरामी हुने सम्भावना हुन्छ तसर्थ स्वास्थ्यको पनि ख्याल गरौँ ।

५. पेट्रोलपम्पले आफन्त वा पहुँच भएकालाई बढी इन्धन दिने, कालोबजारी गर्न तेल सकियो भन्ने जस्ता बिगतका परम्परा दोहोरिन सक्छ तसर्थ अनुगमन पक्ष बलियो होस् ।

६. निगम, सुरक्षाकर्मी तथा अन्य पक्षले आउने र वितरण गर्ने परिणामअनुसार एकदिन पहिले नै टोकन दिएर बाँकीलाई अर्को लटको लागि टोकन दिएर भएपनि अनाबश्यक दुखबाट मुक्ति दिने काम गरोस ! ३/४ दिन लाइन लागेर तेल नपाउँदाको पिडा सरकारले बुझोस् ।

७. बाइक तथा कार दुवै हुनेले एउटा साधन मात्र लाइनमा राखौं ! बुझौं, आफुलाई जस्तो समस्या अरुलाई पनि छ भन्ने तथ्य ।

८. सरकारी साधनको उपभोग गर्न पाउनेले आफ्नो निजि साधन लाइनमा नराखौं ।

९. पालो मिच्ने तथा होहल्ला गर्ने काम नगरौं ।

१०. समयमा खाना तथा नियमित पानी पिउने ब्यबस्था गरौँ ।

 

तपाईको प्रतिक्रिया