Pakistan-India

१३ असोज, काठमाडौँ । भारत पाकिस्तानका बीचमा यतीबेला तनावपुर्ण सम्बन्ध छ र यो इतिहासकै सबैभन्दा तनावपुर्ण अवस्थामा आइपुगेको छ । भारतीय सेनाले पाकिस्तान पसेर पाकिस्तानी सेना माथि गोली चलाएपछि अब युद्धकै मैदानमा दुई देश उत्रने देखिएको छ ।

भारतीय सेनाले पाकिस्तानी सीमा रोखाभित्र प्रवेश गरेर दुई सैनिकलाई गोली हानी हत्या गरेको छ । बिहीबार सीमा क्षेत्रमा भारतीय सैनिक टुकडीसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको भारतले पुष्टि गरेको छ ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल रणवीर सिंहले पत्रकार सम्मेलन गरि घटनाको पुष्टि गरेका छन् । गतसाताबाट भारत र पाकिस्तानका बीचमा चर्किएको विवादले अन्तिम रुप लिन लागेको हो ।

गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानको सीमा क्षेत्रमा नियन्त्रण बढाएपछि विवाद अझ बढी चर्किएको हो । पाकिस्तानले भारतीय सेनाले बिना कारण सीमा रेखामा गोली हानेको भन्दै भत्सर्ना गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले आफुहरुको शान्तिको चाहनालाई भारतले कमजोरकिा रुपमा नलिन चेतावनी समेत दिएका छन् । उनले आफुहरु अन्तिम सम्म शान्तिकै पक्षमा रहने, तर, भारतले उग्रवादी चरित्र देखाए सहेर नबस्ने बताएका छन् ।

 

तपाईको प्रतिक्रिया