baklauri phohor dharan druty

धरान / फोहोरका कारण समस्यामा परेका सुनसरीको बक्लौरीबासीले बिहीबार धरान उपमहानगरपालिकालाई फोहोर उपहार दिएका छन् ।
नेपाल राष्ट्रिय स्वतन्त्र किसान मोर्चा भराैलले उपमहानगरपालिकालाई पटक पटक ज्ञापनपत्र बुझाएपनि चासो नदिएपछि बा्ध्य भएर  फोहोर उपहार दिएकाे बताएका छन ।

को १ त ५३८१ नम्बरको ट्याक्टरमा ल्याएका फोहोरसहित उनीहरुले जथाभावि फोहोर फाल्न पाइदैन, धान खेत जोगाऔ जस्ता नारा लगाएर उपमहानगरपालिकाको प्रांगरणमा लगेर फोहोर घोप्ट्याएका थिए । फाहोर फाल्ने विषयमा धरान उपमहानगरपालिका र बक्लौरीबासीबीच एकछिन विवाद भएको थियो । बक्लौरीबासीले फोहोर प्रांगणमै फाल्ने अडान लिएको थियो भने धरान उपमहानगरपालिकाले भने अर्को फोहोर बाेक्ने ट्याक्टरमा राख्न अनुरोध गरेको थियो ।

सो अवसरमा संघर्ष समितिका अध्यक्ष पुष्प प्याकुरेलले फोहोर दिएको  तीनदिनभित्र पनि समस्या समाधान नभए सम्पूर्ण बक्लौरीबासीले धरान उपमहानगरपालिका घेराउ गर्ने चेतावनी दिएका छन।यता धरान उपमहानरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले धरान उपमहानगरपालिका बक्लौरीबासीको समस्यामा गम्भीर हुदा हुदै सर्वसाधारणले जथाभावि फ्याकेको फोहोर बक्लौरीमा पुग्ने बताउदै पन्छिएका थिए ।

तपाईको प्रतिक्रिया