LP-Gas-at-Raksaul1

 

१९ कात्तिक, काठमाडौं । भारतले सीमा नाकाहरुमा कडाइ गरेपछि ग्यास बुलेटहरु आउन छाडेका छन् । यसले आधा सिलिण्डर ग्यास वितरण गर्ने सकारको निर्णय पनि प्रभावित हुने भएको छ ।

वीरगञ्जमा सोमबार भएको तनावपछि भारतले सबै सीमा नाकाहरुमा कडाइ गरेको छ । र, एउटा पनि ग्यासका बुलेटहरु नेपाल आउन सकेका छैनन् ।

निगमले रक्सौलमा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेट रि-रुटिङ गरी काठमाडौं ल्याउने क्रम जारी रहेको समयमा नाकाहरु ठप्प भएका हुन् ।

अब आधा सिलिन्डर ग्यास पनि नपाइने अवस्था आएको नेपाल आयल निगमले जनाएको छ ।’३ दिनदेखि मुख्य भारतीय नाकाहरु ठप्प भएपछि उद्योगहरुमा नयाँ बुलेट आउन सकेका छैनन् । केही दिनअघि आएका बुलेटका ग्यास भरेर आजसम्म बजारमा ल्याईँदैछ’ निगमका ग्यास वितरण विभाग प्रमुख मुकुन्द घिमिरेले भने-‘यो सकिएपछि तत्काल ग्यास वितरण स्वतः बन्द हुने अवस्था छ ।’

निगमले तराईमा न्युनतम् ग्यास दिएर काठमाडौंको ग्यास संकट हटाउने गरी ७ दशमलव १ किलो ग्रामका आधा सिलिण्डर ग्यास बिक्री सुरु गरेको थियो । जसले उपभोक्तलाई केही राहत दिएको थियो ।

तर अब अब भारतबाटै ग्यास आउन छाडेको छ । ‘नियमित रुपमा लोड भएका र रि-रुटिङ भएका ग्यास बुलेट आइरहेको भए अझै केही समय ग्यास वितरण चल्न सक्थ्यो । अब भारतबाटै ग्यास नआएपछि समस्या त हुने नै भयो’ निगमका निमित्त निर्देशक समेत रहेका घिमिरेले भने ।

नेपाल आउने क्रममा रहेका ग्यास बुलेटहरु विभिन्न नाकामा अलपत्र छन् । सुनौलीमा १८, रुपैडियामा २१ र जोगबनी नाकामा १६ बुलटे ग्यास रोकिएका छन् भने वीरगञ्जमा २ सय ८ बुलेट ग्यास अलपत्र छ ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया