नयाँदिल्ली । भारतीय सेनाले पाकिस्तानको सीमारेखाभित्र प्रवेश गरेर कारबाही गर्दा दुई पाकिस्तानी सैनिक मारिएको बताएपछि दुई देशबीच तनाव चुलिएको छ ।

बिहीबार बिहानै सीमा क्षेत्रमा भारतीय सैनिकसँग भएको गोली हानाहानमा पाकिस्तानका दुई सैनिक मारिएको जानकारी भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले दिएका छन् ।
गत सातादेखि भारत र पाकिस्तानबीच विवाद चर्किंदै गएपछि दुई देशबीच तनावपूर्ण वातावरण बनेको हो । भारत प्रशासित कश्मीरको उरीस्थित सैन्य केन्द्रमा गत साता आतंकवादी आक्रमण भएपछि दुई देश आरोपप्रत्यासरोपमा उत्रिएका थिए ।

उक्त आक्रमणपछि भारतले पाकिस्तानको सीमा क्षेत्रमा आफ्ना सैनिक गतिविधि बढाउँदै लगेको छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल सिंहले बिहीबार भने, ‘यो हमला बुधबार राति अबेर गरिएको थियो । सीमा निणन्त्रणरेखामा आतंकबादी जम्मा हुँदै गरेको विशेष सूचनाका आधारमा आक्रमण गरिएको हो ।’ बिहीबार बिहान २ः३० बजे देखि ८ बजेसम्म भारत–पाकिस्तान सीमामा दोहोरो गोली हानाहान भएको थियो आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया