विना थर्मामिटर ज्वरो नापिन्छ, बिग्रिएको मेसिनले गर्भवतिको तौल

kahnchanpur helth post bigreko mechine

१४ असोज, राजकुमार पासवान सप्तरी।  नेपाल सरकारले ७२ किसिमका औषधीहरु निशुल्क वितरण गर्दैआएको छ तर स्वास्थ्य केन्द्रमा विना र्थमामिटरले बिरामीहरुलाई जाचँ गरिन्छ भन्दा पत्यार न लाग्न सक्छ तर वास्तविकता यही हो ।

सप्तरीको कञ्चनरुप नगरपालिका ५ कञ्चनपुर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विरामीलाई जाँचने थर्मामिटर छैन । स्वास्थ्य केन्द्रका स्वास्थयकर्मीहरुले स्वास्थ्य केन्द्रमा गरिब र दलितहरु मात्र आउने भएकोले जसरी जाँचे पनि हुन्छ भत्रे मानसिकता कायम छ । यसले विरामीसंग गरिएको लापार्वाही र स्वास्थ्य केन्द्र कञ्चनपुर कति लथालिङ्ग अवस्थामा रहेको छ ,त्यसलाई पुष्टि गर्छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा मंगलवार विरामीहरु जाचँ गर्न जादाँ र्थमामिटर विना विरामीहरु जाचँ गरिहेको पाइयो । प्रसती गृहमा गर्भबती महिलाहरुलाई नापतोल गर्ने मेसिन समेत विग्रेका छन । अनमी शोभा साह भन्छिन् “यहाँ गर्भबती महिलाहरु जाचँ गर्न आउँदा त्यही विग्रेको नापतोल मेसिनबाट बाध्य भएर जाचँ गर्नु पर्ने अवस्था , हामीले के गर्ने स्वास्थ्य केन्द्र प्रशासन तथा व्यवस्थापन समितिलाई समेत यसबारेमा जानकारी दिइएको छ तर कुनै सुनवाई भएको छैन ।”

kahnchanpur helth post bigreko mechine1
स्वास्थ्य केन्द्रमा आठ बर्षअघि नै एक्सरे मेसिन आएको भएपनि त्यसलाई उपयोगमा नल्याई थन्काएर राखिको छ । लाखौ रुपैया पर्ने मेसिन एक दिन पनि प्रयोग नभई बिग्रिएर कवाडी भइसक्यो । अस्पताल स्रोतका अनुसार उक्त एकसरे मेसिन मर्मत गर्न एक लाख रुपैयाभन्दा बढी रकम लाग्छ । अस्पताल एम्बुलेन्समा अतिआवश्यक पर्ने ओक्सिजन समेत छैन ।

स्वास्थ्य केन्द्रमा झाडापखलाका विरामीहरु जादाँ स्लाईन पानी समेत अस्पताल बाहिर औषधी पसलबाट किनेर ल्याउनु परेको स्थानियहरुको भनाई रहेको छ । औषधी ईमेजेन्सी सेवा फाँटमा स्लाइन पानी,झाडापखाला,बान्ता लाग्ने औषधी समेत नभएको आबस्थामा रहेको छ ।
स्वास्थ्य केन्द्रमा एक डाक्टर दरबन्दी,एक डाक्टर करार,एक स्टाफ नर्स दरबन्दी,तिन अनमी दरबन्दी,एक अनमी समितिबाट,एक हेल्थ असिस्टेन्ट करार,तिन सिनियर अहेव,एक अहेव, र दुई कार्यालय सहयोगी रहेता पनि सर्पदंशक, विष सेवन विरामीहरुलाई सेवा स्वास्थ्य केन्द्रबाट सेवाग्रहीले पाइरहेको अवस्था छैन । स्थानीयका अनुसार विरामी स्वास्थ्य केन्द्रमा आउँदा स्लाइन पानी लगाई तत्काल प्राथमिक उपचार गरि रिर्फर गर्ने गरिएको छ ।

नेपाल सरकारले ७२ किसिमका औषधीहरु निशुल्क वितरण गर्दैआएको छ  र निशुल्क भनिएका औषधी वितरण नगरे कारबाहीको व्यवस्था गरेको छ । तर कञ्चनपुर स्वास्थय केन्द्रमा हुनेखानेहरुले ती ओषधी पाएपनि निमुखा जनताहरु ओषधी पाइरहेको छैन । प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीहरुलाई सेवा प्रवाहमा अझ समस्या हुने गरेको छ ।

जिल्ला अस्पतालकै औषधी भण्डार कक्षमा आवश्यक औषधी नभएपछि स्वास्थ्यचौकीहरुले यस्तो समस्या झेल्दै आएका छन् । कतिपय समयमा म्याद सकिन लाग्दा मात्र औषधी आईपुग्ने गरेको उनीहरुले बताएका छन् । आवश्यक मात्रामा औषधी उपलब्ध नहुदा सामान्य प्रकृतिका विरामीलाई समेत जिल्ला अस्पताल, निजि अस्पताल र जिल्ला बाहिरका अस्पतालमा रेफर गर्नु बाहेक विकल्प नरहेको उनीहरु बताउँछन् ।

नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्याउनका लागी सरकारले ल्याएको निशुल्क औषधी वितरण नितीले कंचनपुरका सेवाग्राहीलाई खासै प्रभाव नपारेको उनीहरुको बुझाई छ । यता प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य बच्चु सरबरियाले भने हामीलाई अस्पतालमा र्थमामिटर नभएको बारे सञ्चारकर्मीद्धारा मात्र थाहा भएको र विग्रेको मेसिन बारेमा समेत थाहा नभएको हामी जानकारी पाउँना साथ व्यवस्थापन समितिको निणर्यले सम्पुर्ण औषधी साग्रिह उपलब्ध गराउने बताउँदै सदस्य सरबरियाले भने“व्यवस्थापन समितिको र कर्मचारीको बैठक राख्न पटक पटक प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख अश्वनी गुप्तालाई आग्रह गर्दा पनि वेवस्ता गरेको आरोप लगाएका छन ।यस सम्बन्धमा प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर अश्वनी गुप्ता सँग टेलिफोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

तपाईको प्रतिक्रिया