एजेन्सी / पञ्जाबका करिब एक हजार गाउँलाई खाली गर्ने प्रक्रिया भारतले शुरु गरेको छ । भारतीय पक्षबाट पाकिस्तान तर्फ सर्जिकल स्ट्राइक भएसँगै पाकिस्तानसँग जोडिएको अमृतसर, तरन तारन, गुरुदासपुर, पठानकोट, फाजिलक र फीरोजपुर जिल्लाका गाउँहरु खाली गराउन लागिएको हो ।

यी गाउँहरु भारत-पाक बोर्डरबाट १० किलोमिटरको दुरीमा अवस्थित छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएअनुसार विस्थापित हुनेहरु करीब १५ लाख मानिसहरुलाई बस्ने व्यबस्था भारतीय सरकारले गरिरहेको छ । पंजाबका मुख्यमन्त्री प्रकाश सिंह बादलले बोर्डर क्षेत्रसँग जोडिएको गाउहरु खालि गराइएको जनाएका छन् ।

तपाईको प्रतिक्रिया