dhoni

१४ असोज । आज शुक्रबारबाट प्रदर्शनमा आएको बलिउड मुभि ‘एमएस धोनी’ : द रियल स्टोरीलाई पाकिस्तानमा भने बन्देज गरिएको छ ।भारत र पाकिस्तान बीच चर्किएको द्वन्द्वका कारण पाकिस्तानले यसअघि नै भारतीय चलचित्रहरुलाई आफ्ना हलहरुमा चल्न नदिने घोषणा गरिसकेको थियो । तत्कालै भारतीय क्रिकेट खेलाडी महेन्द्रसिंह धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनी’ उनीहरुले बन्देज नै लगाएको छ ।

पाकिस्तानको एग्जिबशन इन्डस्ट्री सँग जोडिएको एक सूत्रका अनुसार यस फिल्मलाई पाकिस्तानका कुनै पनि वितरक कम्पनीहरुले प्रदर्शन गर्न चाहँदैनन् । आइएमजीसी ग्लोबल इन्टरटेन्टमेन्टले यस फिल्मलाई प्रदर्शन गर्न चाहेका थिए तर कम्पनीका अध्यक्षले वास्तविक अहिलेको घटनाले गर्दा उक्त फिल्मलाई प्रदर्शन गर्न दिएनन् ।

यस डिस्ट्रीव्युसन कम्पनीका अध्यक्ष अहमद राशिदका अनुसार दुवै देशबीच चलेको तनावका कारण यस फिल्मलाई प्रर्दशनमा रोक लगाइएको हो । यसले व्यापार घाटा त हुने भएपनि वास्तविक घटनामा पाकिस्तानले निकै पीडा खेप्नु परेका कारण यस भारतीय फिल्मलाई पाकिस्तानमा रोक लगाएको बताएका छन् ।

तपाईको प्रतिक्रिया