dahasaskar kush sab grihamantri ghimire

१४ असोज, काठमाडौं। ६ दिनदेखि त्रिशुली नदिमा वेपत्ता भएका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि आफन्तले कुशको शव बनाएर आज दाहसंस्कार गरेका छन् । आमा चैतन्य कुमारीको शवसँगै घिमिरेको पनि कुशको शव बनाएर आफन्तले शुक्रबार पशुपति आर्यघाटमा दाहसंस्कार गरेका हुन । शवमा घिमिरेका छोरा सुशान्तले दागबत्ति दिएका थिए ।

पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो। घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो।नेपाली सेना र प्रहरीको टोलीले खोजी कार्यजारी राखेपनि आज सम्म पनि उनको अवस्था अज्ञात रहेको छ ।खबरडबलीबाट

तपाईको प्रतिक्रिया