१५ असोज, दिलिप साह राजविराज। बिधुत हुकिङ नियन्त्रण अभियानमा खटिएका नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुब्यवहार गर्दै कुटपिट गरेका छन ।

बिधुत चुहावट अभियानलाई नियन्त्रता दिदै नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको संयुक्त अनुगमन टोलीले शुत्रवार सप्तरीको डिवनमा चोरी नियन्त्रण गर्न गएका बिधुत प्राधिकरण राजविराजका इलेकट्रिकल बिभागमा कार्यरत अन्नतलाल मण्डलमाथी स्थानिय जिवछ साह र मनोज यादवसहितका ब्यक्तिले कुटपिट गरेको बिधुत प्राधिकरण्का प्रमुख रामउदगार साहले बताउनुभयो ।

साथै जिल्लाको भगवतपुर,सडेपार,सकरपुरा,मझोरा,र बनोली हुदै डिवनाममा बिधुत हुकिग गर्ने क्रममा समातिएका नौ जना र तीन थान मोटर, २ थान सिलाई कटाइको मेसिन लगायतका समान समेत खोसेको प्रमुख साहले जानकारीदिनुभयो ।यसैबिच नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र राजविराजले कुटपिट गर्ने माथी कार्वाहीको माग गरिएको छ ।केही दिन यता सप्तरी जिल्लामा ब्यापक बिधुत चुहावट भइरहेको भन्दै नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र राजविराज र जिल्ला प्रहरी कार्यालय सप्तरीले संयुक्तरुपमा अनुगमनलाई नियन्त्रता दिदै आएको छ ।

तपाईको प्रतिक्रिया