इनरुवा असोज १५ /युथ अफ इनरुवाले सुनसरीको भोक्राहामा महिला हिंसा तथा स्वास्थ्य सम्वन्धी अन्र्तकृया सम्पन्न गरेको छ ।
स्थानीय समस्या पहिचान गरी समाधानकालागि सरोकारवाला समक्ष पहलको उद्येश्यसाथ कार्यक्रम आयोजना गरिएको युथ अफ इनरुवाका सहसचिव तथा अन्र्तकृया कार्यक्रमका संयोजक भवानी साहले बताए ।भोक्राहा ८ मिलनचौकमा आयोजित कार्यक्रममा स्थानीयको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहरुले खुलेर आआफ्नो धारणा राखेका थिए ।
समाजभित्र अझैपनि महिला हिंसा विद्यमान रहेकाले न्यूनिकरणकालागि भएका पहल उपर प्रभावकारीताको खाँचो औल्याइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव शिवराज दाहालले स्थानीयतहमा सचेतना तथा महिला शशक्तिकरण जस्ता कार्यक्रमहरु संचालनमा रहेकाले पछिल्लो समय हिंसाजन्य घटनाका केही कमी आएको धारणा राखे ।
कार्यक्रमका विशेष अतिथि समेत रहेका युथ अफ इनरुवाका संरक्षक सल्लाहकार सरोज बरालले युथले स्थानीय तहको विकास तथा सचेतनाको पाटोमा महत्वपूर्ण योगदान पुरयाउँदै आएकाले सबैको साथ र सहयोगको आवश्यक्ता औल्याए । कार्यक्रममा २ सय बढीको उपस्थिती रहेको संरक्षक सल्लाहकार मनोज निरौलाले जानकारी दिए ।
निरौलाले सचेतना मूलक कार्यक्रमलाई जिल्लाका दक्षिणवर्ति ग्रामिण भेगमा समेत विस्तार गर्दै लैजाने योजना रहेको बताए । युथ अफ इनरुवाले वृहत इनरुवा सरसफाई अभियान समेत संचालनमा ल्याउन लागेको छ ।