Morcha१५ असोज, दिलिप साह राजविराज। मधेशी मोर्चा सप्तरी पुर्नगठन गरिएको छ । झापादेखि कंचनपुरसम्मको मधेश भू–खण्डलाई एउटै प्रदेश बनाउनु पर्ने मागलाई सशक्त बनाउन मधेशी मोर्चा पुर्नगठन गरिएको हो । तराई मधेश राष्ट्रिय अभियान, नेपाल सदभावना पार्टी (गजेन्द्रवादी) र अनिल झा नेतृत्वको सदभावना पार्टीका नेताहरु सम्मिलित सो मोर्चा पुर्नगठन गरेको मोर्चाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

पुर्नगठिन मोर्चाको जिल्ला संयोजक सुब्बी यादव, सचिवमा प्रभाकर सिंह, प्रवक्तामा भगवति प्रसाद यादव र सचिवालय सदस्यमा उमेश साह, हेमशंकर सिंह, रामदत्त साह, रामगमन साह, सावित्री पण्डित, जयप्रकाश यादव, तुफान मधेशी, भोला मुखिया, खेलानन्द साह, मो. कमाल, मुक्तिनाथ यादव, सुरेन्द्र कुमार यादव, जयसुन्दर खिरहरी यादव, सिंहेश्वर साह, विशेश्वर चौधरी शोले र हरि मण्डल रहेका छन् ।

यस्तै मोर्चाका बरिष्ठ सल्लाहकारमा जयप्रकाश प्रसाद गुप्ता, विकास तिवारी, अनिस अन्सारी, बलराम यादव, महेश यादव र दशरथ यादव रहेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ ।पत्रकार सम्मेलनमा नेसपा गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारी, अनिल झा नेतृत्व नेसपाका जिल्ला अध्यक्ष सुब्बी यादव, नगर संयोजक उमेश साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया