tarani medical clinic inaruwa band3
इनरुवा असोज १६ /अनुगमनका क्रममा सुनसरी प्रशासनको टोलीले इनरुवा बजार सहित आसपासका क्षेत्रमा रहेका औषधी पसलहरुमा गरेको अनुगमनको विषयलाई लिएर बजारमा फरक फरक प्रशंग वाहिरिरहेको प्रति प्रशासनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कमलबहादुर थापाले शुक्रबार अनुगमन गरिएका ८ मध्ये दुई क्लिनिक र तीन औषधी पसलमा शिलबन्दी गरिएको स्पष्ट पार्नुभयो । औषधी व्यवसायीहरुले अनुगमनको विरोध जनाइरहँदा अनुगमन टोलीका संयोजक समेत रहेको सहायक प्रजिअ थापाले अनुगमन गर्ने क्रममा विना इजाजत संचालनमा रहेका क्लिनिक तथा औषधी पसलहरु अर्को आदेश नभएसम्मका लागि बन्द गराइएको स्पष्ट पार्नु भयो ।

tarani medical clinic inaruwa band4
केहि औषधी व्यावसायीले अनुगमन शैली प्रति लक्षित गरी मनोमानी अभिव्यक्ति दिँदै हिडेको र औषधी पसलहरु बन्द गराउन अन्य व्यापारीहरुलाई समेत दवाब सीर्जना गर्ने गरेको बुझिएकाले त्यस्ता व्यक्ति उपर समेत निगरानी बढाइएको प्रशासनले जनाएको छ । कानुन विपरित जानेहरुका हकमा कार्वाही गरि छाड्ने जनाएको प्रशासनले अनुगमनको विरोधका नाममा रात्री कालिन सेवा ठप्प पार्दै आएका औषधी पसल संचालकहरुलाई मानव स्वास्थ्यमा प्रतिकुल असल पार्ने खालका कार्य नगर्न नगराउन भनेको छ ।

इनरुवा १ स्थित रहेको इनरुवा पोलि क्लिनिकको सवालमा प्रशासनले उक्त क्लिनिक बन्द गराइएको स्पष्ट पारेको छ । आवश्यक कागजात नभेटिएपछि शिलबन्दी गरिएको बताउने अनुगमन टोलीका संयोजक सहायक प्रजिअ थापाले अनुगमनका क्रममा अन्य क्लिनिक र औषधी पसल शिलबन्दी गरिए सरहको कार्वाही इनरुवा पोली क्लिनिकमा समेत गरिएको स्पष्ट पार्नुभएको छ ।

क्लिनिक शिलबन्दी गर्दा कतिपय क्लिनिक संगै रहेका वैद्य औषधी पसल बन्द हुने र कतिपयको निवासमै जाने बाटो बन्द हुने भएकाले व्यवहारिक पक्ष बुझेर त्यस्ता क्लिनिकमा कागजी आधारमा शिलबन्दी गरिको प्रशासनले जनाएको छ । प्रशासनले उक्त कार्यलाई क्लिनिक संचालकले गलत मनसायका रुपमा बुझ्न नहुने समेत स्पष्ट पारेको छ । प्रशासनले भनेको छ : व्यहारिक पक्ष बुझेर गरिएको कागजी शिलबन्दीको गतल फाइदा उठाउने हो भने हामी औपचारिक रुपमै शिलबन्दी गरिदिने छौं ।

इनरुवा पोली क्लिनिकमा रहेर विरामीको चेकजाँच गर्दै आएका सिनियर अहेव तारणीप्रसाद यादवले आफुले विरामी जाँच्दै गरेको क्लिनिक प्रशासनले बन्द नगराएको र समाचारलाई अतिरञ्जित गराइएको आरोप लगाएका छन् ।अनुगमनको क्रममा इनरुवा–६ मा रहेको सुनसरी मोडल हस्पिटलमा सञ्चालनमा रहेको औषधी पसल, कोशी डाइग्नोसिस एण्ड रिसर्च सेन्टर इनरुवा–६ मा सञ्चालित औषधी पसल र इनरुवा–६ हनुमान चौकमा रहेको सुनसरी हस्पिटलमा रहेको औषधी पसल अनुमति नलिई र औषधी बिक्री गर्ने तालिम लिएका प्राविधिक नभएको अवस्थामा फेला परेकोले अनुगमन टोलीले ती पसलहरुलाई शिल लगाएको थियो ।

त्यसैगरी जिल्ला अस्पताल इनरुवा अगाडि रहेको समिद मन्स’रीको सायमा फार्मेसी र नेशलन मेडिसिन सेन्टरको पछाडि अनुमति बेगर संचालित इनरुवा पोली क्लिनिकमा समेत प्रशासनले शिलबन्दी गरेर बन्द गराएको थियो । बन्द गरिएका औषधी पसल र क्लिनिकका सञ्चालकहरुलाई सात दिनभित्र आवश्यक कागजात सहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन अनुगमन टोलले निर्देशन दिएको थियो ।

तपाईको प्रतिक्रिया