naraynhiti- rajdarbarकाठमाडौं । सञ्चालनमा आएदेखि नारायणहिटी संग्रहालयबाट करिब १९ करोड रुपैयाँ राजश्व संकलन गरिएको छ ।सर्वसाधारणका लागि खुला भएको करिब आठ वर्ष अवधिमा २२ लाख २१ हजार ८९२ जना पर्यटकबाट संग्रहालयले १८ करोड ६७ लाख ३४ हजार ६५५ रुपैयाँ राजश्व असुल गरेको छ ।

चालु आर्थिक वर्षको दुई महिनामा ४६ लाख ४१ हजार रुपैइाँ राजस्व संकलन भएको संग्रालयका प्रमुख उप–सचिव रोहितकुमार ढुंगानाले बताए ।

स्थापनादेखि क्रमशः बृद्धि हुँदै गएको आम्दानी गत दुई आवमा घटेत्तरी हुनुमा भूकम्प र भारतीय नाकाबन्दी नै कारण रहेको उनले बताए ।
तर, चालू आवको साउन र भदौमा पर्यटक संख्या र आम्दानी उत्साहप्रद देखिएको छ । यसले चालू वर्ष आम्दानी बढ्ने देखिन्छ ।

२०६५ सालमा माघ १६ गतेबाट खुला भएको संग्रहालयमा १३७ जना कर्मचारी छन् । उनीहरुलागि गत साल ४ करोड रुपैयाँ खर्च भएको आजको कारोबार दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया