काठमाडौं। एसएलसी परीक्षा मर्यादित बनाउन खटिएका निरीक्षकहरुले नै अर्काको उत्तरपुस्तिकाको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकामा नत्थी गरेको पाइएको छ । न्यून ग्रेड आएका विद्यार्थीले पुनर्योग गर्न परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा निवेदन दिएपछि छानबिन गर्दा उत्तरपुस्तिका साटफेर भएको खुलेको हो ।

पनिकाका अनुसार रुकुमको यमुनानन्द नमुना मावि सेरिगाउँ परीक्षा केन्द्र र धनुषाको माध्यमिक विद्यालय प्रितपुर पार्वता केन्द्रममा खटिएका निरीक्षकले आफन्तलाई पास गराउन अन्य परीक्षार्थीको भित्री पाना झिकेर आफन्तको उत्तरपुस्तिकाको बाहिरी पानामा नत्थी गरेका हुन् ।

कार्यालय स्रोतका अनुसार यमुनानन्दबाट परीक्षा दिएका १५४००२९ डब्लू सिम्बोल नम्बर भउका विद्यार्थीको चारवटा विषयको बाहिरी पानामा अन्य विद्यार्थीको भित्री पाना नत्थी गरेको पाइउको छ । परीक्षा केन्द्रमा खटिएका निरीक्षक वसन्त नेपालीले भतिजा नाता पर्ने ती विद्यार्थीलाई पास गराउन त्यही केन्द्रमा परीक्षा दिएका अन्य विद्यार्थीको उत्तरपुस्तिकाको भित्री पाना नत्थी गरेका हुन् ।

सेरिगाउँ परीक्षा केन्द्रबाट परीक्षा दिएका सिम्बोल नं. ०५४००४३ डब्लूका विद्यार्थीले पुनर्योग गर्न आवेदन दिएपछि एउटा विद्यार्थीको उत्तरपुस्तिकामा अर्कैको पाना भेटिएको हो ।

यस्तै धनुषाको माध्यमिक विद्यालय पिष््रतपुर पर्वता परीक्षा केन्द्रमा निरीक्षकका रुपमा खटिएका सूर्यनारायण दासले त्यही केन्द्रबाट परीक्षा दिएका ०२०१०८१ डब्लू सिम्बोल नम्बर भएका भाइको मूल उत्तरपुस्तिकाको बाह्य पृष्ठ झिकेर अर्को परिक्षार्थीको उत्तरपुस्तिकासँग साटफेर गरेका हुन् । यो सिम्बोल नम्बर भएको विद्यार्थीको सातवटी विषयमा फरक फरक विद्यार्थीको उत्तरपुस्तिका साटिएको थियो आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया