१६ असोज। हिन्दुहरुको महान पर्व बडादशैंको दोस्रो दिन आज शैलपुत्री भगवतीको पूजा गरि मनाइदैछ । बडा दशैका १० दिनमध्ये दोस्रो दिन देवी दुर्गाका स्वरुपमध्ये शैलपुत्री भगवतीको पूजा गर्ने परम्परा छ ।

हिजो घरघरमा घटस्थापना गरेसँगै दशै सुरु भएको छ । घटस्थापना स्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ । नवरात्र भनेर भनिने नौ दिनसम्म शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

यसै अनुसार आज विभिन्न ठाउँमा रहेका नवदुर्गाका मन्दिरमा भक्तजनको भिड लागेको छ । राजधानीको राजधानीभित्र गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा दर्शनार्थीहरू बढेका हुन् ।

दसैँ लागेसँगै विभिन्न धाम र देवीका मन्दिरमा दर्शनार्थीको भिड लाग्ने गर्छ । राजधानी बाहिर समेत विभन्नि मन्दिर र देवस्थलमा दर्शनार्थीको भिड लागेको छ ।

 

तपाईको प्रतिक्रिया