radion betana1
१७ असोज, नरेन्द्र बस्नेत बेलबारी । सञ्चार क्षेत्रको बिकास सँगै सञ्चार जगतले सबै पक्षलाई समेटेर अगाडी बढनु र समाबेशी बनाउनु जरुरी रहेको एक कार्यक्रममा बक्ताहरुले धारणा ब्यत्त गरेका छन ।

मोरङको बेलबारीमा रहेको रेडियो बेतना ९७.१ मेगाहर्जको ५ सय वाट कार्यन्वयन तथा चियापान सहितको शुभकामना आदन प्रदान कार्यक्रमका आईतबार बत्ताहरुले सञ्चार जगतले सबै बर्र्ग र क्षेत्रलाई समेटदै अगाडी बढन सुझाब समेत दिएका छन । कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका कार्यकारी अधिकृत होम प्रसाद पौडेलले कम्प्युटरको माउस क्लिक गरेर रेडियोको उदघाटन गर्दै सञ्चार जगतले खेलेको भुमिकाको प्रशंषा गर्दै आगामी दिनमा थप जिम्मेवार भएर कर्तब्यबोध गर्न र यो रेडियोलाई एउटा नमुना रेडियोका रुपमा अगाडी बढाउन सुझाब समेत दिए ।

इलाका प्रहरी कार्यलय बेलबारीका इन्स्पेक्टर मेघराज थापाले आगामी दिनमा यो रेडियोले समस्य पुर्बाञ्चलको प्रतिनिधित्व गर्दै अगाडी बढन शुभकामना समेत दिए । उनले सुरक्षा चुनौति थपिरहँदा समेत रेडियो र सञ्चार जगतले खेल्ने भुमिका महत्वपुर्ण हुने उल्लेख गरे ।
नेकपा एमालेका बेलबारी नगर समितिका सल्लाहकार संयोजक कमल कोईरालाले रेडियो र सञ्चार जगतले सबैलाई समेटेर अगाडी बढन र आगामी दिनमा अझै प्रगति गर्दै यो रेडियो प्रदेशकै नमुना बनाउन सबै लाग्नुपर्ने बताए । नेपाली काग्रेसका बेलबारी नगरसभापति शम्भु भट्टराईले यो रेडियो स्थापना र क्षमता बृद्धि सम्म आईपुग्दा यो यस क्षेत्रले नै गौरव गर्न लायक बनेको उल्लेख गरे । आगामी दिनमा थप जिम्मेवार बन्दै अगाडी बढन समेत उनले सुझाब दिए ।

radio betana
संघीय समाजवादी फोरमका केशव थापामगरले रेडियो यस क्षेत्रको गौरव भएको र सबैले यसको संरक्षण र सम्बद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले रेडियो बेतनाले आगामी दिनमा सबैलाई समेटेर अगाडी बढनुपर्ने समेत बताए ।रेडियो बेतनाका अध्यक्ष राजकुमार लिम्बुले रेडियोलाई १ सय वाट बाट क्षमता बृद्धि गरेर ५ सय वाट सम्म बनाउँदा थुप्रै समस्या आईपरेपनि सबैको सामुहिक प्रयास बाट आज सम्भब भएको बताए । उनले आगामी दिनमा रेडियोलाई थप परिष्कृत गर्दै लैजाने समेत बताए । बि.स २०६९ साल माघ १० गतेबाट परिक्षण प्रसारण शुभारम्भ गरेको रेडियो मोरङमा ५ सय वाटको पहिलो सामुदायिक रेडियो बन्न सफल भएको छ ।

कार्यक्रममा रेडियोका उपाध्यक्ष लक्ष्मणजंग थापा र सचिब लिला आचार्यले रेडियोको स्थापना देखि आज सम्म आईपुग्दाको अबस्था र आगामी दिनमा रेडियोले खेल्ने भुमिकाको बिषयमा प्र्रष्टाएका थिए । कार्यक्रममा कोषाध्यक्ष भोला गौतमले स्वागत मनतब्य ब्यत्त गरेको थिए ।

तपाईको प्रतिक्रिया