काठमाडौं। पर्याप्त विद्युत् उत्पादन नहुँदा देशमा बाह्रैमास लोडसेडिङ छ, तर उत्पादित विद्युत् पनि काठमाडौं र अन्य सहरमा पु(याउन प्रसारण र वितरण लाइन अभाव छ । नेपालभित्रै उत्पादन भएको र भारतबाट आयात गरिएको बिजुली प्रसारण गरी उपभोक्ताको घरसम्म पु(याउने लाइन सुदृढीकरण नगरे विद्युत् आपूर्तिमा थप समस्या हुने भएको छ ।

काठमाडौंमा थप बिजुली ल्याउन पनि समस्या काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए । ‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको छ ।

काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ । बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ । काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ । ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने ।

२६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ । ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको आजको नयाँ पत्रिकामा खबर छ ।

तपाईको प्रतिक्रिया