हुम्ला। इन्जिन फेल भएर आकस्मिक अवतरणपछि कर्णाली नदीमा बेपत्ता मकालु एयरको हवाईजहाज अझै फेला परेको छैन । साउन १९ गते सिमकोट गाविसको राउत्यारानास्थित कर्णाली नदी किनारमा जहाज आकस्मिक अवतरण गरिएको थियो ।

नदीमा बहाव नघटेकाले जहाज खोजी गर्न समस्या रहेको मकालुको सिमकोटस्थित स्टेसनले जनाएको छ । स्टेसन म्यानेजर लोकेन्द्र रोकायाले जहाज बगाएको स्थानदेखि नदीको किनारै किनार निकै तलसम्म खोजी गर्दा पनि पत्तो नलागेको बताए । खोजीमा खटिउको टोलीले झोला र जहाजको सानो टुक्रा मात्र छुट्टाछुट्टै स्थानमा भेटेको उनले जानकारी दिए ।

सिमकोटबाट सुर्खेतका लागि उडेको कलसाइन नाइनएनएकेसी भएको जहाजमा अचानक प्राविधिक खराबीपछि फर्कनखोज्दा सिमकोट विमानस्थल नपुग्दै फोर्सल्यान्ड गर्दा दुर्घटनाग्रस्त हुन पुगेको  आजको कान्तिपुर दैनिकमा खबर छ  ।

तपाईको प्रतिक्रिया