Jhumka anugaman
१७ असोज, झुम्का । सुनसरीको झुम्का बजारमा प्रतिवन्धित भारतीय तेलको कारोवारे बढी हुने गरेको पाइएको छ ।व्यापारीहरुले प्रतिवन्धित दावत ब्राण्डको खाने तेल खुलेयाम विक्रि गर्ने गरेको अनुगमनका क्रममा भेटिएको हो ।स्थानीयको गुनासोका आधारमा सुनसरी प्रशासनको टोलीले बजार अनुगमनका क्रममा ठुलो परिमाणमा उक्त ब्राण्डको तेल बरामद गरी नष्ट गरेको छ ।

पसलै पिच्छे भारतीय तेल विक्रि गर्न राखिएको फेला परेपछि सहायक प्रमुख जिल्लाअधिकारी कमलबहादुर थापा नेतृत्वको टोलीले बरामद गरी नष्ट पारेको हो ।दावत तेलको गुणस्तर परीक्षण नभएको र भारतीय बजारबाट लुकिछिपी ल्याउने उक्त तेल मानव स्वास्थयका लागि हानिकारक ठहर भएकाले नेपाली बजारमा सो तेल विक्रि गर्न नपाइने अनुगमन टोलीका संयोजक कमलबहादुर थापाले बताउनुभयो ।

प्रशासनले गरेको झुम्का बजार अनुगमनका क्रममा अधिकांश पसलहरुले म्याद नाघेका सामान विक्रि गर्न राखेको पाइएको थियो । अनुगमन टोलीले विभिन्न किराना पसलहरुमा विक्रिका लागि राखिएका म्याद नाघेका पेय पदार्थहरु समेत नष्ट गरेको छ ।

तपाईको प्रतिक्रिया