१८ असोज, दिलिप साह राजविराज । यु के एडको आर्थिक सहयोगमा सर्च फर कमन ग्राउण्डले “पहुँच” परियोजना अन्तर्गत नेपाल प्रहरी र स्थानीय संस्था सवल नेपाल, सप्तरीको सहकार्यमा तीन दिने “हाम्रो टिम मैदानमा” नामक फुटबल क्लिनिकको आयोजना गरेको छ ।

फुटबल क्लिनिक असोज १८ गते मंलवार  देखि असोज २०गते बिहिवार सम्म सप्तरी जिल्लाको राजविराजमा आयोजना हुँदैछ । फुटबल क्लिनिकमा जिल्लाका १६ देखी २९ वर्ष उमेर समुहका ६० जना युवा र २० जनाप्रहरीको सहभागिता रहनेछ ।

सहभागी युवाहरु स्थानिय युवाक्लब, राजनीतिक पार्टी, जातीय संस्था, सरकारी कर्मचारी, विद्यार्थी, दलित तथा तेश्रो लिंगी, अल्पंख्यक समुदाय, महिला, पत्रकार जस्ता संस्था र समुदायलाई प्रतिनिधित्व गरिरहेका छन् ।

त्यसैगरी कार्यक्रममा सहभागी प्रहरीहरु नेपाल प्रहरी अन्तर्गतको नागरिक सहायता कक्ष, महिला तथा बालबालिका सेवा केन्द्र, सामुदायिक प्रहरी, ट्राफिक प्रहरी तथा अनुसन्धान अधिकृतहरु प्रतिनिधित्व गरिरहेका छन् । प्रहरी र स्थानीय युवालाई समाजमा शान्ति र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दे दुवै बीच विश्वास र सहकार्य बढाउने फुटबल क्लिनिकको लक्ष्य रहेका छ ।

सर्च फर कमन ग्राउण्डका जनकपुरस्थित क्षेत्रिय कार्यालयका प्रबन्धक आलोक ठाकुरका अनुसार फुटबल क्लिनिक अभ्यासमा आधारित तालिम कार्यशाला हो । यसले प्रहरी र युवाबीच सकारात्मक संवाद स्थापनाको लागिभूमिका खेल्छ । यसमा विशेष क्रियाकलाप तथा खेलकुदको माध्यमले द्धन्द्ध र शान्ति स्थापना, लैंगिक, नेतृत्व, सहकार्य र सञ्चारका विषयहरुबारे क्षमता अभिवृद्धि गरिन्छ ।

क्लिनिकको अन्तिमदिन मैत्रिपूर्ण फुटबल प्रतियोगित ाआयोजना हुनेछ । प्रहरी र युवाहरुको सम्मिश्रण रहने चार टिमले मैत्रिपूर्ण फुटबल खेल्नेछन् । कार्यक्रम पछि नियमित रुपमाप्रहरी र समुदायका युवाहरु विच संवाद गराउने, स्थानिय शान्ति सुरक्षाका रणनीतिहरु तयार पार्ने र त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम यस “पहुँच” परियोजनाअन्तर्गत रहेको छ ।

तपाईको प्रतिक्रिया