१८ असोज,  दिलिप साह राजविराज। निर्वाचन अयोगले खारेज गरेको पार्टी नेपाल परिवार दल परित्याग गरि सयौ नेता तथा कार्यक्रता संधिय समाजवादी पार्टीमा प्रबेस गरेका छन ।

आज राजविराजमा भएको एक कार्यक्रममा परिवार दलका जिल्ला कोषाध्यक्ष ललनकुमार राय सहित महिला परिवारका केन्द्रीय सदस्य ललिता राम ,जिल्ला सचिव किरण राय र पार्टी जिल्ला सदस्यहरु नरेष ठाकुर , शुशिला साह लगायतले पार्टी परित्याग गरि रिजमान अन्सारीले खोलेको संधीय समाजवादी पार्टीमा प्रवेस गरेको हो ।

पार्टी परित्याग गर्नेहरुले परिवालदलका अध्यक्ष तथा पदाअधिकारीहरु मधेश र मधेशीको हकहित विपरित क्रियाकलाप गरेको अरोप लागाउदै पार्टी परित्याग गरेका हुन ।

तपाईको प्रतिक्रिया