काठमाडौं / वैदेशिक रोजगारीमा ठगी गर्ने क्रम बढेपछि सरकारले म्यानपावर कम्पनीले एजेन्ट राख्न नपाउने व्यवगस्था गरेको छ । वैदेशिक रोजगार ऐन २०६४ को संशोधित मस्यौदामा म्यानपावर एजेन्ट राख्न नपाउने व्यवस्था गर्न लागिएको हो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा वैदेशिक रोजगार विद्द डा गणेश गुरुङलेगरेको अध्ययनमा पनि कामदारहरु तहतहका एजेन्टबनट ठगिने गरेको देखिएको थियो । आजको कारोबार दैनिकमा खबर रहेको छ ।