काठमाडौं / भारतीय राष्ट्रपति प्रणव मुखर्जीले अगामी कार्तिक १७ देखि १९ (नोभेम्वर २ देखि ४) सम्म नेपालको भ्रमण गर्ने तय भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जीले तीन दिने भ्रमण गर्न लागेका हुन् ।
यसैबीच सत्ता परिवर्तन भएर बनेका नयाँ प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण गरेपछि भारतीय राष्ट्रपति मुखर्जीको भ्रमणको वातावरण बनेको हो । आजको कान्तिपुर दैनिकमा खबर रहेको छ ।